काठमाडौं, १० पुस । कुनै समयमा करिश्मा मानन्धर नेपाली फिल्मी क्षेत्रमा चर्चित नाम हो । नेपाली चलिचित्रमा धेरै अभिनय गरिसकेकी मानन्धर पछिल्लो समयमा यो क्षेत्रमा ओझेल परेकी छन् । अहिले रिलिन.ज भएको फिल्मका पर्दामा उनी देखिदैनन् । यो कारण के होला त ?
नायिकका करिश्मा भरखरै मात्र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ सक्ति पार्टीमा प्रवेश गरेकी छन् । योसँगै पछिल्लो समयमा उनी राजनीतिमा वढी केन्द्रित भएको देखिन्छ ।
राजनीतिमा प्रदेश गरिसकेकाले अब तत्काल फिल्म ननिकाल्ने समेत उनले बताएकी छन् ।
‘अब तत्काल फिल्म बनाउने सोचमा छैनन कलाकारिताझैँ अब राजनीतिबाट देश र जनताको सेवा गर्छु’ उनी भन्छिन् ।