इन्द्रेणी संवाददाता
दाङ, १० पुस । संवैधानिक नियमानुसार निर्वाचन आयोगले निर्वाचनको परिणाम सार्वजनिक गरेको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक बसिसक्नुपर्ने हुन्छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको प्रदेश सभाको नजिता सार्वजनिक गरेको आज चार दिन भइसक्यो । प्रदेशका अस्थायी मुमानसम्म तोकिएका छैनन् । अबको सोह्र दिनपछि प्रदेशको पहिलो बैठक वस्ने छ । अस्थायी रुपमा तोकिने प्रदेशका राजधानीका अहिले राजनीतिक खिचातानी भइरहेको छ । १२ जिल्ला समावेर गरिएको प्रदेश नम्बर पाँचको राजधानीमा पनि विवादनै छ ।

Dang captialकेहीको दावी दाङ बन्नुपर्ने रहेको छ भने रुपन्देहीको वुटवल हुनुपर्ने अर्का थरिको दावी छ । तर पनि संघीय संरचनाअनुसार निर्माण हुने उच्च अदालत दाङको तुलसीपुरमा स्थापना भइसकेको छ भने नेपाल प्रहरीको प्रदेश कार्यालय पनि तुलसीपुरमै स्थापना भइसकेको छ । यसले पनि दाङ प्रदेश नम्बर पाँचको राजधानी बन्ने आधारमा वलियो छ । तर दाङदेखि पूर्वका जिल्ला, प्युठान, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, पाल्लालगायतका जिल्लाहरुको दावी भने वुटवल हुनुपर्ने छ ।

अझ अर्काे विषय त के छ भने बाम गठबन्धनको चुनावी तालमेल र उम्मेदार छनोटको दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि माओवादीका कृष्णबहादुर महरा र एमालेका शंकर पोख्रेलको दावी भए पनि पोख्रेललाई प्रदेश पाँचको मुख्य मन्त्री दिने गरी उनलाई केन्द्रिय राजनीतिबाट प्रदेशमा झारियो । महरा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् भने पोख्रेल सोही क्षेत्र नम्बरको (ख) बाट प्रदेश सभा सदस्यका लागि निर्वाचित भइसकेका छन् । निर्वाचनमा ती दुबै नेताले प्रदेश नम्बर पाँचको राजधानी दाङ नै बन्ने र आफूहरुले बनाइ छोड्ने भनेर दंगाली मतदाताहरुसँग भोट मागे । सोही अनुसार दंगाली मतदाताहरुले दुबैजनालाई विजयी पनि बनाए । तर अहिले वुटवलले पनि राजधानीको दावी गरिरहदा पछिल्लो समयमा दाङलाई राजधानी कि मुख्यमन्त्री भन्ने वार्गेनिङ प्वायन्ट बनेटको छ ।

प्रदेश नम्बर पाँचको पुर्वेली जनता प्रदेशको राजधानी र मुख्यमन्त्री दुबै दाङलाई दिने पक्षमा छैनन् । भने वर्दिया, बाँके, दाङ, पूर्र्वी रुकुम, रोल्पालगायतका जिल्ला दाङ नै राजधानी बन्नुपर्ने दावी गरिरहेका छन् । यसले राजनीतिक रुपमा यो प्रदेशको राजधानी यहाँ बन्ने भनेर चुनाव अघि भागवण्डा गरेका राजनीतिक दलहरुले प्रदेशको राजधानीमा विवाद हुदा अफ्ट्यारोमा परेका छन् ।

यस्तै अवस्थामा पाँच नम्बर प्रदेश पनि अल्झदा चुनाव जितेर गएका शंकर पोख्रेल, महरालगायतका नेताहरुका लागि प्रदेशको राजधानी पहिलो गासमै ढुङ्गा सावित हुने आशंका गर्न सकिन्छ । अबको १६ दिनपछि प्रदेश नम्बर पाँचको पहिलो बैठक कहाँ वस्ला त्यो भने गर्भमै छ ।