काठमाडौं, १० पुस। विभिन्न समयमा एकीकृत माओवादीबाट सम्बन्ध विच्छेद गरे गएका मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युष्टि पार्टी (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकताको पहल शुरु भएको छ ।
माओवादी केन्द्र एमालेमा पतन हुन लागेको निश्कर्ष निकाल्दै वैद्य र विप्लवले पार्टी एकता गर्ने तयारी थालेको स्रोतले जनाएको छ ।
दुबै नेताले संयुक्त विज्ञप्ति जारी गर्दै क्रान्तिकारी कम्युनिष्टहरु बीचको वैचारिक, राजनीतिक, संगठनात्मक एकीकरण तथा ध्रुवीकरण आवश्यक भएको बताएका छन् ।
