घोराही, १० पुस । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले क्रिसमसको सबैलाई शुभकामना दिएका छन् । मेयर चौधरीले विज्ञप्ती जारी गरि हरेक चाडपर्वले विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतीबीचको राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ ।

narulalaमेयर चौधरीले नेपालमा मनाईने हरेक पर्वले सबै नेपालीबीच प्रेम र एकता कायम गरि संबृद्ध समाज बन्नेमा बिश्वास व्यक्त गरेका छन् ।
लामो संक्रमणकालीका अबस्थाको अन्त्य भएको उल्लेख गर्दै मेयर चौधरीले अब राजनितिक स्थायीत्व सँगै बिकास र संबृद्धीले फड्को मार्ने समेत बिज्ञप्तीमा उल्लेख छ । अब हुने विकास र समृद्धिमा सबैले आ–आफ्नो स्थानबाट भुमिका खेल्दै प्रगतीको मार्गमा सामेल हुन आह्वान समेत गरेका छन् ।