दाङ, १० पुस । नेपाल पत्रकार महासंघ दाङले नियमितरुपमा पत्रकारिता विषयमा समिक्षात्मक कार्यक्रम गर्ने भएको छ । महासंघ दाङको सोमबार सम्पन्न भएको नियमित बैठकले जिल्लाको पत्रकारिता, विषयगत पत्रकारिता, रेडियो, पत्रपत्रिका, अनलाइन, भाषा लगायतका विषयमा नियमितरुपमा सम्बन्धित पक्षसंगको सहकार्य, समन्वयमा समिक्षात्मक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल पत्रकार महासंघ दाङको रजत जयन्ती महोत्सवमा सहभागिता जनाई भव्यरुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, महासंघका पूर्व केन्द्रीय सदस्य, पूर्व अध्यक्ष, पूर्व सल्लाहाकार, वर्तमान सल्लाहाकार, केन्द्रीय सभासद्, प्रदेश सभासद , साधारण सदस्यहरु, विभिन्न संघ संस्था सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा सम्पन्न भएको बैठकले महासंघ दाङका निवर्तमान कार्य समिति सदस्य सन्तोष दहितका भाई ईश्वर दहितको कार्यालयीय कामको शिलशीलामा मोटरसाइकल दुर्घटनामा परेर असामयिक निधनमा दुःख व्यक्त गरेको महासंघ दाङका सहसचिव गोकर्ण पौडेलले जानकारी दिएका छन् ।











