गोरखा, १० पुस । प्रतिनिधिसभाका लागि गोरखा क्षेत्र नम्वर २ बाट पराजित भएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनको परिणाम जे जस्तो आए पनि आफुले सहज रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

narayankaji-shresthaनिर्वाचनको समीक्षा गर्न गोरखा पुगेका श्रेष्ठले आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । ‘जनताको रोजाईमा परेनौँ, सहज रुपमा लिएका छौँ,’ श्रेष्ठले भने ‘लोकतान्त्रिक प्रक्रियामा गएर मत दिने सबै मतदातालाई धन्यवाद ।’

नेता श्रेष्ठले उनको हारमा सबैभन्दा बढी चिन्तित र दुःखी अध्यक्ष प्रचण्ड भएको बताए । , ‘मैले हारेकोमा सबैभन्दा बढी चिन्तित अध्यक्ष कमरेड हुनुहुन्थ्यो, निर्वाचन प्रचारकै क्रममा उहाँले निर्वाचन परिचालन कमिटीका हितराज पाण्डे, जिल्ला इन्जार्च चुडा खड्कालाई बोलाएर २ नम्बरमा चुनाव जसरी पनि जित्नुपर्छ अरु कुरो मलाई थाहा छैन भनेर निर्देशन दिनुभएको थियो’, उनले भने ।

श्रेष्ठ माओवादी केन्द्रको गोरखा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन परिचालन समितिले आइतबार र सोमबार गरेको समिक्षा कार्यक्रममा सहभागी हुन उनी पनि गोरखा पुगेका छन् । आज दिनभर निर्वाचनको समिक्षा हुने माओवादी केन्द्रका जिल्ला स्तरीय नेताले जानकारी दिए ।