इन्द्रेणी संवाददाता
दाङ, ८ पुस । उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले अहिलेकै अवस्थामा दाङलाई प्रदेश नम्बर पाँचको राजधानी बनाउने बताएका छन् ।
दाङको घोराहीमा शनिवार विहान तपाईले प्रदेश टुक्राएर भए पनि राजधानी बनाउछु भन्नुभएको हो ? भन्ने पत्रकारहरुको जिज्ञासामा आफूले प्रदेश टुक्राउने भनको नभई केही दिन अघि बाँकेको बैजापुरमा आफन्ताको घरमा गएको वेला स्थानीयहरुसँग कुराकानीमा प्रदेश पाँचका केही जिल्लाहरुलाई समेटेर छुटै प्रदेश पनि बनाउन सकिने आधार रहेको कुरालाई तुलसीपुरमा सेर गरेको मात्रै उनले बताए । तर प्रदेश नै टुक्राइहाल्ने हिसावले नभनेको बताए । ‘अहिले प्रदेश टुक्राउने कुरा गर्ने होइन यसैमा दाङलाई राजधानी बनाउने हो’, उनले भने ।
