उदय बीसी
दाङ, ८ पुस । उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर अब संमृद्धिको दिशातर्फ अघि वढिसकेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले आज दाङको घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महराले अबको बाटो भनेकै मुलुकलाई हरेक हिसावले संमृद्ध बनाउने भएको भन्दै यसमा सबै जुटनुपर्ने बताए ।

ddddwwwदाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका निर्वाचित सदस्य समेत रहेका नेता महराले मुलुकलाई सबै समस्याबाट मुक्त गर्दै संमृद्धितर्फ लैजानका लागि सबै दलहरु लागेको बताए । हिजो मात्रै राष्ट्रिय दलको मान्यता पाएका पाँच दलको बैठक वसेको उल्लेख गर्दै महराले अबको केही दिनमा नयाँ सरकार गठन हुने र त्यो सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने बताए ।

aaउनले अर्काे प्रशंगमा मुलुकको संमृद्धिसँगै दाङलाई संमृद्धितर्फ लैजाने विषय पनि महत्वपूर्ण रहेको बताए । मुलुकमा हासिल भएका उपलव्धीहरुलाई रक्षा गर्दै संमृद्धिको बाटोमा लाग्नुपर्ने उनको भनाइ थियो । महराले जिल्लाका पत्रकारिता क्षेत्रलाई अघि वढाउन योजना बनाएर अघि वढ्ने समेत प्रतिवद्धता जनाए ।

bbकार्यक्रममा नेपाल पत्रकार महासंघ दाङको रजत महोत्सवमा पुरस्कृत भएका तर सो दिन विभिन्न कारणले कार्यक्रममा सहभागी हुन नसकेका यस वर्षको पत्रकारिता प्रतिभा पुरस्कारबाट सम्मानित महासंघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुदीप गौतमलाई र टीका–देवी विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत महासंघका पूर्वकोषाध्यक्ष रोशनमान श्रेष्ठलाई सम्मान गरिएको थियो । साथै केही समय पहिले चट्याङबाट क्षति वेहोरेको रेडियो प्रकृतिलाई महासंघले दश हजार रुपैयाँ सहयोग गरेको छ ।

ccयसैगरी कार्यक्रममा बोल्दै क्षेत्र नं २ (क) का प्रदेश सभाका सदस्य अमरबहादुर डाँगीले पत्रकार समाजका ऐना भएकाले सधै समाजिक उत्तरदायित्व वहन गर्नुपर्ने बताए । उनले पत्रकारहरुलाई आफूहरुका राम्रा मात्रै नभएर नराम्रा पक्षहरुलाई पनि वाहिर ल्याएर सचेत गराउन आग्रह गरे । कार्यक्रममा महासंघका अध्यक्ष सविन प्रियासनले महरा र डाँगीलाई खादा लगाएर सम्मान गरेका थिए ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्ली मल्लले गरेका थिए भने सहजीकरण सहसचिव गोकर्ण पौडेलले गरेका थिए ।

dd

ee