काठमाडौं । स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। सन् २०१० मा विश्वकपको उपाधि जितेको स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप उपाधि जितेको हो ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो।

अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे। उनले खेलको १०६ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो।

सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो।