जाजरकोट, ८ पुस । जाजरकोटमा कृषि, पर्यटन प्रवर्द्धनका लागि महोत्सव सञ्चालन गरिने भएको छ । पुस १२ गतेदेखि दोस्रो जाजरकोट महोत्सव कृषि पर्यटन तथा व्यापार मेला सञ्चालन गरिने भएको हो ।
जाजरकोट उद्योग वाणिज्य सङ्घको आयोजना तथा भेरी नगरपालिकाको सह–आयोजनामा आगामी १२ गतेदेखि १६ सम्म महोत्सव सञ्चालन गरिने भएको हो ।
‘कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र औद्योगिकीकरण हाम्रो अभियान–आत्मनिर्भर स्वाभिमानी र समुन्नत जाजरकोटको निर्माण’ मूल नाराका साथ ५ दिनसम्म महोत्सव सञ्चालन हुुने उद्योग वाणिज्य सङ्घ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिए ।