नवलपरासी, ७ पुष । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीबाट श्रीधर बस्यालले उम्मदेवारी दिने भएका छन् । बस्याल नवलपरासीको निवासी भएसंगै जिल्लाको सदरमुकाम परासी स्थित रामग्राम नगरपालिकामा गठित रामग्राम जेसीज शाखाको वर्ष सन् २००९ का अध्यक्ष हुन् । उनी जेसिजमा छलाङ्ग लगाउदै अहिले नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पनि हुन् ।
सिद्धार्थ जेसीज भैरहवाँ रुपन्देहीको आयोजनामा यहि पुष ८, ९, १० गते हुन लागेको नेपाल जेसीजको ४४ आंै महाधिवेशनमा राष्ट्रिय अध्यक्ष पदकालागि अहिलेसम्म देशभरिबाट दुई जनाको नाम चर्चामा आएको छ । पश्चिम क्षेत्रबाट जेसीजको एक समुहबाट (लवी) श्रीधर बस्याल उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् भने पुर्वबाट अर्काे विपक्षी समुहबाट ईटहरी शाखाका सदस्य महेश पौडेल राष्ट्रिय अध्यक्ष पदको उम्मदेवारको रुपमा प्रस्तुत भएका छन् । जेसिजका यि दुई उम्मदेवार बिच निकै रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
जेसी बस्याल बर्तमान जेसीजको राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीको खेमाबाट चुनावमा उत्रेकाले बस्याललाई चुनाव जित्न सहज रहने अधिकारी समुहले बताएको छ । उम्मदेवार बस्याललाई अध्यक्ष अधिकारी र विभिन्न पुर्व अध्यक्षहरुको सहयोग रहने बताइएको छ भने उता अर्काे उम्मदेवार पौडेललाई पनि केहि पुर्व अध्यक्षहरुले सहयोग गर्ने बताइएको छ ।
प्रतिस्पर्धामा रहेका यि दुबै उम्मदेवार मध्ये बस्याल निकै चर्चित र लोकप्रिय उम्मदेवारको रुपमा लिइएका छन् । बस्यालको अधिकांश जेसीज शाखामा निकै पहुँच र लोकप्रियताका कारण उनलाई चुनाव जित्न अप्ठयारो नरहेको मतदाताहरु बताउँछन् ।
उम्मदेवार बश्याल जेसीजमा विगत १४ वर्षदेखि सक्रिय भुमिका खेल्दै आएका यस पटक देशको समग्र युवाहरुको प्रतिनिधित्व गर्ने गरि राष्ट्रिय अध्यक्ष पदका उम्मदेवार बनेका बताउँछन् । उनी आफनो सानो उमेरमा जेसिजमा निकै लोकप्रियता र चर्चा कमाएको व्यक्ति पनि हुन् ।
बस्याल जिल्लाको रामग्राम शाखामा सन् २००४ सालमा सक्रिय सदस्यता प्राप्त गर्दै सन् २००९ मा शाखा अध्यक्ष भए । जेसिजमा लगनशिल र ईमान्दर भई काम गर्दै उनी २०१० मा जेसिजको राष्ट्रिय उपाध्यक्ष भए । क्रमशः २०११ मा काउन्सेलर एकेडमीको चेयरमैन पनि बने । उनी २०१२ मा राष्ट्रिय ट्रेनिङ्ग कमिश्नर हुदै २०१३ सालमा राष्ट्रिय अध्यक्षको सल्लाहकार समेत हुन सफल भए । उनी बर्तमानमा राष्ट्रिय जेसीजमा सामुदायिक क्षेत्रको कार्यकारिणी उपाध्यक्ष छन् ।
जेसिको यसै महाधिवेशनबाट बस्याल वर्ष २०१८ का लागि आफु अध्यक्ष हुने दाउमा भिडेका छन् । नेपाल भरि १ सय ३६ वटा जेसीज शाखा छन् । चुनावमा भोट हाल्ने मतदाता संख्या १६ सय भन्दा बढि नै रहेको बताइएको छ । महाधिवेशनमा अध्यक्ष संगै ईभिपी, भिपी, महासचिव, कोषाध्यक्ष र सहसचिव समेतको चुनाव हुने बताइएको छ ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)