काठमाडौँ, ७ पुस । मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधि सभाको चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गर्ने सिट सङ्ख्या आज शुक्रबार पाउने भएका छन् । आज बिहान १० बजे बस्ने निर्वाचन आयोगको बैठकले दलहरूले प्राप्त गर्ने सिट सङ्ख्या घोषणा गर्ने तयारी भएको जानकारी निर्वाचन आयोगले दिएको छ ।

election-commision-of-nepalनिर्वाचन आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचन प्रणालीतर्फ १ देखि ७ नम्बर प्रदेशसम्म दलहरूले प्राप्त गर्ने सिट सङ्ख्याको टुङ्गो लागेको बताए ।

उनले सातवटै प्रदेशमा कुनकुन राजनीतिक दलले डेढ ९१/५० प्रतिशतभन्दा बढी मत प्राप्त गरे र कुनकुन दलले प्राप्त गर्न सकेनन्, त्यसको विवरण पनि तयार भएको जानकारी दिनुभयो । प्रदेशसभामा डेढ प्रतिशत मतसीमा थे्रसहोल्ड भन्दा बढी मत प्राप्त गर्ने दलले मात्रै सिट सङ्ख्या पाउने व्यवस्था छ ।

सचिव पौड्यालले सातवटै प्रदेशको समावेशी समूहअनुसारको विवरण तयार भई आज बिहान १० बजे बस्ने आयोगको बैठकमा प्रस्ताव पेस गरिने जानकारी दिए । समानुपातिक निर्वाचन प्रणालीतर्फका कर्मचारीहरू बिहीबार राति अबेरसम्म पनि दलहरूलाई पठाउने विवरणको तयारी गर्ने कार्यमा व्यस्त थिए ।