जन्मस्थान रुकुम भै घोराही लाई आफ्नो कर्म थलो बनायका युबा ब्याबसायी रुपक थापा ले आफू पढेको रुकुमकै एक बिधालय लाई नगद दुई लाख पाँच हजार पाँच सय रुपैया दान गरेका छन । गते  जेष्ठ २६ देखि आयोजित रुकुमकोट शैक्षिक धार्मिक महोत्सब (२०७३ को अबसर पारेर थापा दम्पती ले उक्त रकम प्रदान गरेका हुन । रुकुम जिल्लाकै पुरानो बिधालयका रुपमा परिचित श्री रुक्मिणी उच्च माध्यमिक बिधालयमा शैक्षिक , भौतिक एवं प्राबिधिक शिक्षा सहयोगार्थ आयोजना गरियको उक्त शैक्षिक धार्मिक महोत्सब मा सबै भन्दा ठूलो राशी को नगद दान गरे बापत थापा दम्पती लगायत उहाका परिवार अनि साथी हरु धेरै लाई अबिर जात्रा गराउदै बाजागाजा सहित रुकुमकोट बजार परिक्रमा गराइयको थियो ।

13453221_897969696979964_220901283_o“ आफु जन्मेको , गाउँ पढेको स्कुलमा के सहयोग गर्न सकिन्छ भनेर धेरै पहिले देखि सोचेका थियौ तर अबसर जुरेको थियन । आज आफ्नै ठाउँ मा यस्तो महोत्सब आयोजना भयपछी मनै खोलेर सहयोग गरेको हु । “ ब्याबसायी रुपक थापाले बताय । आफुले पढेको स्कुल सधै अरु स्कुल भन्दा अलिकती भयपनी स्तरिय बनोस भन्ने चिन्ता लिईरहने रुपक थापाको सोचाई लाई साकार पार्न सहयोग गर्न पायको मा आफू पनि गौरवान्बित भयको रुपक थापाकी श्रीमती सुनिता थापा ले बताईन । “ गाउँ समाजको लागि केही गर्न पाय हुन्थ्यो भनेर सोचिरहनु हुन्थ्यो । हामी एक आपसमा कुन तरिकाले समाजसेवामा प्रस्तुत हुने भनेर घर सल्लाह गरिरहन्थ्यौ । आज निक्कै राम्रो अबसर जुर्‍यो । सहयोग गर्न पाउँदा खुशी छौ । “ सुनिता थापाले बताईन ।

बिगत सत्र बर्ष देखि घोराहिमा पोल्ट्री सम्बन्धी ब्याबसाय गर्दै आयका रुपक थापा आफुलाई यो स्थान सम्म पुर्‍याउन सहयोग गर्ने बाबा अनि श्रीमती कै प्रेरणा बाट जन्मस्थानमै पुगेर सहयोग गरेको बताउछन । “ सङ्घर्ष गर्ने समयमा पायको बाबाको सहयोग र श्रीमती को साथ नै आजको सफलता हो “ उनले भने । समाजसेवाका काम मा जहिले पनि श्रीमतीको साथ पाउने गरेको उनले बताय । “ जुनसुकै प्रकारको सहयोग मा श्रीमती ले साथ दिदै आयकी छिन । चाहे ब्यक्ती लाई दिईने सहयोग होस , चाहे त्यो सामाजिक काम मा लाग्ने सहयोग होस । उनको सहयोग पायकै छु । “ थापाले बताए  ।”

छोटो समयमा एक्कासी गरीयको ठूलो सहयोग देखेर रुपक थापाका साथिभाइ हरु पनि दङ्ग छन । “ काठमाण्डौ भयको मान्छे एक्कासी रुकुम जाउ भनेर अफर गर्‍यो , रातारात रुकुम पुर्‍यायो । उता गयर आफुले पढेको स्कुलका लागि सबैभन्दा धेरै नगद दान गर्‍यो । उसको खुशिमा हामी पनि खुशी हुअ पायौ । “ रुकुम बाट दाङ मा आयर बसोबास गर्ने मानवअधिकार कर्मी बिनोद केसीले बताय । छोराको सहयोगी कदम बाट बाबू बलबहादुर थापा पनि निक्कै खुशी देखिय । छोराको सहयोग ले आफू र आफ्नो परिवारको शिर उचो पारेको उनले बताय । “ बसाई सरेर गयको छोराले आफू जन्मेको , पढेक स्कुलमा यति ठूलो सहयोग गर्दा मन खुशिले उडेको छ । समाजमा नाम राख्दियको छ । छोरो प्रती आभारी छु । “ रुपक का बाबू बलबहादुर थापा ले बताय ।