उदय बीसी
दाङ, ४ पुस । नेपाल पत्रकार महासंघ दाङशाखा आजदेखि २५ वर्षमा पुगेको छ । महासंघले दाङको घोराहीमा आज भव्य कार्यक्रमको आयोजना गरी रजत महोत्सव मनाएको छ । सो अवसरमा १८ जना पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने सञ्चारमाध्यमहरुलाई सम्मान गरिएको थियो ।
यसवर्षको पत्रकारिता प्रतिभा पुरस्कार महासंघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुदीप गौतम र केन्द्रीय सभासद् लक्ष्मी आचार्यलाई सम्मान गरिएको छ ।
त्यस्तै वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार जेएन सागरलाई, सिर्जनशील महिला पत्रकारिता पुरस्कार पार्वती बस्नेतलाई तथा पत्रकारिता प्रोत्साहन पुरस्कार अञ्जना चौधरी र गिरिराज नेपाली, कवि–गोकुल पत्रकारिता प्रतिभा पुरस्कार टीका बस्नेतलाई, खगराज लोहनी पत्रकारिता पुरस्कार दिवाकर पोख्रेललाई, टीका–देवी विकास पत्रकारिता पुरस्कार रोशनमान श्रेष्ठलाई, नारायणप्रसाद शर्मा पत्रकारिता पुरस्कार सन्तोष दहितलाई र रोशन स्मृति पत्रकारिता पुरस्कार सुशीला वलीलाई पुरस्कृत गरिएको छ ।
त्यस्तै लीलाकान्त मरहठ्ठा पत्रकारिता पुरस्कार टीकाराम उदासीलाई, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार उदय बिसीलाई, उमा–चन्द्र–गीता रजौरे स्मृति पत्रकारिता पुरस्कार रञ्जिता शर्मालाई, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार सुदर्शन रिजाल, ओमप्रकाश शर्मा स्मृति पत्रकारिता पुरस्कार किरण विक्रम शाहलाई, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार बालाराम खड्कालाई र दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार प्रकाश चौधरीलाई पुरस्कार गरिएको छ ।
त्यसैगरी विद्युतीय सञ्चारमाध्यमतर्फ रेडियो मध्यपश्चिम एफएम, रेडियो तुलसीपुर एफएम र रेडियो हाइवे तथा छापा माध्यमतर्फ गोरक्ष दैनिकलाई विशेष सम्मान गरिएको थियो ।
त्यस्तै दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने शीतलराज रावतलाई सम्मान गरिएको छ । सम्मान र पुरस्कृत हुनेहरुलाई प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष एवं प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, नेपाल पत्राकार महासंघका केन्द्रीय सचिव उदय जिएम, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले सम्मान पत्र र अविर मालाले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिति शर्माले पत्रकारहरुले सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता गर्न सुझाव दिए । पछिल्लो चरणमा पत्रकारिता क्षेत्रमा केही विकृति आएको भन्दै यस्ता विकृतीको अन्त्य गर्दै पत्रकारितालाई अझ विश्वसनीय बनाएर लैजानुपर्ने शर्माको भनाइ थियो । विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले पत्रकारहरु पत्रिकारिताको आचारसंहितालाई पालना गर्दै निश्पक्ष र स्वतन्त्र भएर काम गर्नुपर्ने बताए ।
अर्का विशिष्ट अतिथि प्रदेश सभाका सदस्य अमरबहादुर डाँगीले पत्रकार समाजको ऐना भएकाले सधै निश्पक्ष भएर काम गर्नुपर्ने बताए ।
शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्वअध्यक्ष सुशील गौतम, महासंघका सल्लाहकार दुर्गालाल केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, एमालेका सुरामणि वेलवासे, काग्रेसका शंकर डाँगी, माओवादी केन्द्रका नारायणी शर्मा, वन उपभोक्ता महासंघका भुपेन्द्र सुवेदी, प्रेस युनियन का अध्यक्ष सुशील वस्नेत, प्रेस चौतारीका अध्यक्ष टिका बस्नेत, प्रेस सेन्टरका प्रकाश चौधरी, सामुदायिक रेडियो प्रकाशक संकका प्रदेश नं. ५ का संयोजक केपी घिमिरे, सुदर्शन रिजाल, लक्ष्मी आचार्यलगायतले शुभकामन मन्तव्य व्यक्त गरेका थिए ।
पछिल्लो समयमा लिल्लाको पत्रकारितामा विकृति आएकोमा चिन्ता व्यक्त गर्दै वक्ताहरुले सबैले शिर ठाडो पार्न सक्ने गरी पत्रकाररिताका मर्यादामा रहेर कलम चलाउन अनुरोध समेत गरेका थिए । महासंघकी उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सहसचिव गोकर्ण पौडेलले गरेका थिए ।
