दाङ, २ पुस । प्रदेशसभा, प्रतिनिधिसभा र समानाुपातिक तर्फको अन्तिम मतगणना परिणाम सार्वजनिक भैसकेको अवस्थामा वर्तमान सरकारले प्रदेश राजधानीको अस्थाई मुकाम पनि नतोकेको अवस्थामा दाङको तुलसीपुरमा नागरीक दवाव कार्यक्रम सम्पन्न गएिको छ ।

2प्रदेशको राजधानी दाङलाइ तोक्न नागरीकहरुका आवाजहरु समेटिंदै स्वस्फुर्त रुपमा नागरीक दवाव ¥यालीको आयोजना भएको हो ।
संभवतः आयोजक विनै भएको यो पहिलो दवाव ¥याली हो ।

त्यसको समन्वय स्थानिय पत्रकारहरु तथा नागरिकहरुले गरेका थिए । स्वस्फुर्त रुपमा आयोजना भएको ¥यालीमा नागरिक समाजका संयोजक, उद्योगी व्यवसायीहरु, अधिकारकर्मिहरु, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु संगै सन्चारकर्मिहरुको समेत बाक्लो उपस्थीती रहेको थियो ।