तुलसीपुर, २ पुस । तुलसीपुर उद्योग वाणिज्य संघले भोेली सोमवार रजत महोत्सव मनाउंदै छ । महोत्सवको संपुर्ण तयारी पुरा भएको संघले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

t1पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियसन सहित दर्जन भन्दा बढि सन्चारकर्मिहरु सहभागि पत्रकार सम्मेलनमा संघका अध्यक्ष विरु रावतले रजत महोत्सवलाइ भव्य र सभ्य रुपमा संपन्न गराउन सन्चारकर्मिहरुको अहम भुमिकाको अपेक्षा गरेका छन् ।

पत्रकार सम्मेलनमा छोटो मन्तव्य व्यक्त गर्दै प्रियशनले तुलसीपुर उद्योग वाणिज्य संघले यस अघि गरेको जनप्रतिनिधिसमेतको भुमिका र हाल गरेका सामाजिक अभियानहरुलाइ सन्चारजगतले गहिरिएर नियालीरहेको बताएका छन् ।

साथै पत्रकार सम्मेलनमा उपस्थीत सन्चारकर्मि तथा केहि व्यवसायीहरुले तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीक हकहित संगै सामाजिक अभियानमा थप क्रियाशिल हुन सुझाव दिएका थिए ।