durghatanaअसार, ५ दाङ । सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् । सुर्खेतको धारापानीबाट सल्लीबजार जाँदै गरेको ना ४ ख ५९,४४ नंको बस भेरी नदीमा खस्दा बस मालिक रामबहादुर खड्काको मृत्यु भएको हो । भने चालक मिलन रावत र सहचालक उमेशजङ्ग शाह घाइते भएका छन् । घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका पहरी कार्यालय कोहलपुरले जनाएको छ ।