घोराही , जिल्लामा लसुनको उत्पादनभन्दा बढि आयात हुने गरेको छ । हरेक तरकारी तथा अचारमा मसलाको रुपमा प्रयोग हुने लसुनको महत्व र बजारको व्यवस्था नहुदा जिल्लाको उत्पादन भन्दा बढि बाहिरवाट आयात हुने गरेको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । घरदेखि होटेलहरुमा समेत पाक्ने तरकारीमा प्रयोग हुने लसुनको जिल्लामा उत्पादन भने अत्यन्त कम हुने गरेको छ ।

22962753सामान्य तरिकाले खेती गर्नका साथै राम्रो आम्दानी समेत गर्न सकिने लसुनको व्यवसायीक खेती गर्न सकेमा लसुनको उत्पादनमा वृद्धिसँगै किसानहरुलाई आर्थिक आम्दानी समेत हुने कार्यालयले बताएको छ । तर अहिलेसम्म जिल्लामा लसुनको व्यवसायीक खेती हुन सकेको छैन । सामान्य रुपमा घरमा प्रयोग गर्नका लागि अघिकांस किसानहरुले लसुनको खेती गर्ने गरेपनि लसुनको व्यवसायीक खेती हुन नसकेको जिल्ला कृषि विकास कार्यालय दाङ बताउछ । कृषिको विकासका लागि सरकारसँगै विभिन्न संघसस्थाहरु लागि रहेको समयमा लसुनको व्यवसायीक खेती तर्फ भने अहिले सरकार र एनजिओहरु कसैले पनि ध्यान दिन नसकेको जिल्ला कृषि विकास कार्यालयका बालिविकास अधिकृत धनराज गौतम बताउनुहुन्छ । लसुनखेतीका लागि जिल्लाको माटो उपयुक्त भएपनि लसुनको महत्वका बारेमा बुझाउन नसक्दा किसानहरु लसुन खेती तर्फ लाग्न नसकेको कार्यालयक छ ।

garlic_185682006लसुनको मसलाका रुपमा प्रयोग हुने महत्व र व्यवसायीक खेतीवाट हुन सक्ने आम्दानीको बारेमा किसानहरुलाई बुझाउन सक्ने हो भने जिल्लामा किसानहरुको सहभागिता बढ्ने बालि विकास अधिकृत गौतम बताउनु हुन्छ । अधिकांस किसानहरुलाई लसुनको महत्व र लसुनको व्यवसायीक खेती गर्दा हुन सक्ने फाइदाका बारेमा जानकारी नहुदा किसानहरु व्यवसायीक खेतीमा लाग्न नसकेको कार्यालयले बताएका छ । जसका कारण अहिले जिल्लाको उत्पादनभन्दा बढि लसुन बाहिरी जिल्लाहरुसँगै छिमेकी देश भारतवाट समेत जिल्लामा लसुन आउने गरेको गौतम बताउनुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानहरुमा गरी करिव ६० हेक्टर जमिनमा लसुन खेती हुने गरेका छ । जसवाट बार्षिक रुपमा दुई सय ७० मेट्रिक टन लसुन समेत उत्पादन हुने गरेको बाली विकास अधिकृत गौतम बताउनुहुन्छ । मसलाको रुपमा प्रयोग गर्न सकिने लसुनको जिल्लामा व्यवसायीक खेती गर्न सकेमा किसानको आर्थिक आम्दानीमा वृद्धिसँगै जिल्लामा बाहिरवाट लसुनको आयात गर्न नपर्ने बाली विकास अधिकृत गौतम बताउनुहुन्छ । ‘ दाङ जिल्ला लसुनको व्यवसायीक खेतीका लागि राम्रो सम्भावना छ, गौतमले भन्नुभयो ‘तर लसुनको व्यवसायीक खेतीकालागि न सरकारले हेर्ने गरेको छ नँ निजी क्षेत्रले नै हेर्ने गरेको छ । ’ सरकार तथा निजी क्षेत्रवाट मकै,आलु,प्याज,धयान,तोरी,मसुरो लगायतका बालीहरु गर्ने किसानहरुलाई विउ विजनदेखि लिएर यान्त्रीक सहयोग हुने गरेपनि लसुन खेतीका लागि अहिलेसम्म कुनै कार्यक्रमहरु जिल्लामा हुन नसकेको गौतम बताउनुहुन्छ ।