काठमाडौं । सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्री परिषदको बैठकले नाक, कान, घाँटी रोग विशेषज्ञ डा संगीता भण्डारीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको हो । डा भण्डारीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिको जिम्मेवारी सम्हालिसकेकी छिन्।

rapti swastyha bigyan pratisthan