घोराही, २८ मंसिर । घोराही उपमहानगरपालिकाले घोराही ३ कुईरेपानीको जंगलमा फोहोर फाल्न रोक लगाएको छ । घोराही र गोग्लीका बिभिन्न व्यवसाय गर्दै आएका व्यापारिहरुले घोराही लमही सडक खण्डको कुईरेपानी डाँडामा जथाभावी फोहोर फाल्दै आएका छन् ।
लामो समय देखी फालिदै आएको फोहोरलाई आज घोराही उपमहानगरपालिकाले उठाउदै आगामी दिनमा फोहोर नफाल्न र फालेको भेटिए कार्वाही गर्ने चेतावनी दिएको छ । उपमहानगरपालिकाका उपमेयर सिता न्यौपाने, वाताबरण तथा बिपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर ३ का अध्यक्ष माधब चौधरी आज कुईरेपानीमा पुगेर फोहोर उठाउनुभएको छ ।
आगामी दिनमा त्यहाँ फोहोर फाल्ने जो कोही व्यापारिलाई कार्वाही गरिने समेत उप मेयर न्यौपानेले चेतावनी दिनुभएको छ । बोतल, औषधी, सुई, सिसा र ग्यारेजबाट उत्पन्न भएका फोहोरहरु कुईरेपानीको सडक छेउमा थुपार्ने गरिएको छ ।
फोहोर संकलनमा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, निवर्तमान अध्यक्ष हेमराज बन्जाडे सहित प्रहरी र पत्रकारहरुको सहभागिता रहेको थियो । लुकिछिपी जथाभावी नगल्ने फोहोरहरु सडक छेउको जंगलमा फाल्दै प्रदुषण र सुन्दरतामा कुरुपता अएको छ । सो स्थानमा उपमहानगर र उद्योग बाणिज्य संघले फोहोर फाल्न निषेध लेखिएको बोर्ड समेत गाडेका छन् ।