घोराही, २५ मंसिर । दाङको क्षेत्र नं. २ प्रदेश सभा (ख) बाट विजयी भएपछि खुसी साट्न शंकर पोख्रेल गाऊ पुग्न थालेका छन् । विजयी भएसंगै घोराही उपमहानगरपालिकाका टोल टोलमा पुग्दै खुसी साट्न गाउ पुग्न थालेका हुन् ।

sankarशनिबार बिहान चुनावी परिणाम आएसंगै घोराही बजारबाट खुसी बाड्दै हिडेका पोख्रेल जन्म गाऊ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमे पुगेका थिए । पोख्रेलको घरमा पारिवारीक स्वागत हुदै गाउलेहरुले पीपलको बोटलाई साक्षीमा राख्दै विकास र संवृद्विको माग गरिरहेका थिए ।

२३ वर्ष पछि फर्किएको खुसी साट्न घर पुगेका पोख्रेललाई पिपलको बोट वरिपरी दिपावली भव्य स्वागत मात्रै गरेनन मुख्यमन्त्री भएर प्रदेशकै मुहान फेर्न आग्रह गरेका थिए । गाउ पुगेका पोख्रेलले दाङ जिल्ला सहित पाँच नम्बर प्रदेशलाई पाच वर्ष भित्र सात वटा प्रदेशमध्ये उत्कृष्ट प्रदेशकारुपमा विकास गर्ने बताएका थिए ।

आइतबार मात्र कृष्णबहादुर महरासंगै ¥यालीमा खुसी साट्न घोराही बजार परिक्रममा पश्चात् आफूले निर्वाचनका क्रममा गरेका वाचा पुरा गर्ने ध्येयका साथ गाऊमै फर्किएका थिए । घोराही उपमहानगरपालिकाको वडा नम्बर ४, १७ वडाका विभिन्न टोलमा पुगेका पोख्रेलले विकास र संवृेद्विका साथ अघि बढ्ने उद्घोष गरेका थिए ।