चितवन, २५ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले हराउदै उनी विजयी भएका हुन् ।

parcnadप्रचण्डले ४८ हजार २ सय ६९ मत ल्याएका छन् भने पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याएका छन् । चितवनका तीनवटै क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।