काठमाडौँ । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ का पुत्र दिपेश पुन दुर्घटनामा घाइते भएका छन् । रोल्पाको लिवाङबाट काठमाडौँ आउने क्रममा रोल्पाको सातदोबाटोमा उनको गाडी दुर्घटनामा परेको दिपेशकी भाउजु जुना घर्तीमगरले बताइन् ।

dipesh pun

उनको टाउकोमा चोट लागेको बताइएको छ । उनीसँगै पत्रकार मनोज पुन पनि सामान्य घाइते रहेका छन् । उनी उपराष्ट्रपतिका प्रेस सहयोगी थिए । घाइतेहरुलाई भालुवाङसम्म गाडीमा र त्यहाँबाट हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।