भीमदत्तनगर, २५ मंसिर । गणन भइरहेको प्रदेश र प्रतिनिधि सभाको चुनावको मत परिणामअनुसार कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित भएकी छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गर्नुभएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । बिनाले ३८ हजार ४६७ र नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरेका थिए । यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा ‘क’मा नेकपा एमालेका अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी भइसकेका छन् ।