इन्द्रेणी संवाददाता
दाङ, २४ मंसिर । दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार मेटमणि चौधरी विजयी भएका छन् । उनी ३४ हजार १ सय ८७ मत ल्याएर विजयी भएका हुनु् । उनका प्रतिद्धन्दी काग्रेसकी सुशीला चौधरीले २१ हजार ८ सय ४० मत ल्याएकी थिएन् ।
त्यस्तै प्रदेश (क) मा पनि वाम गठबन्धनकै उम्मेदवार इन्द्रजीत चौधरीले १७ हजार २ सय ८४ मल ल्याएर विजयी हासिल गरेका छन् । उनका प्रतिद्धन्दी काग्रेसका प्रदीप थापाले ११ हजार ३ सय ९२ मत ल्याएका थिए ।
त्यस्तै प्रदेश (ख)मा वाम गठबन्धनका उम्मेदवार रेवतीरमण शर्मा १९ हजार ३ सय ५४ मल ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी काग्रेसका जानकीलाल वस्नेतले १२ हजार ७ सय ५३ मत ल्याएका थिए ।
यसैगरी दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनका हिराचन्द्र केसी विजयी भएका छन् । उनले ४० हजार २ सय ८७ मत ल्याएर विजय भएका हुन् । उनका प्रतिद्धन्दी काग्रेसका उम्मेदवार दिपक गिरीले ३३ हजार ७ सय ३० मत ल्याएका थिए ।











