इन्द्रेणी संवाददाता
रोल्पा, २४ मंसिर । रोल्पामा बाम गठबन्धनले विजय हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा पूर्वअर्थमन्त्री वर्षमान पुन विजय भएका छन् । उनले २७ हजार ९ सय ७ मल ल्याएर विजय भएका हुन् । उनका प्रतिद्धन्दी काग्रेसका अमरसिंह पुनले १४ हजार १ सय ३ मत ल्याएका थिए ।

kkkkkत्यसैगरी प्रदेश (क) मा माओवादी केन्द्रका कुलप्रसाद केसी १७ हजार ७ सक्ष् ७६ मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्धन्दी काग्रेसका शेरबहादुर महराले ९ हजार ६९० मत ल्याएका थिए । त्यस्तै प्रदेश (ख) बाट पनि माओवादी केन्द्रका दिपेन्द्र पुन विजय भएका छन् । उनका प्रतिद्धन्दी काग्रेसका खगेन्द्रप्रकाश हमालले ९ हजार ९६९ मत प्राप्त गरेका थिए ।