इन्द्रेणी संवाददाता
दाङ, २३ मंसिर । दाङ क्षेत्र नं. २ प्रदेश सभा (क) मा बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेल विजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्दी कांग्रेसका कमलकिशोर घिमिरेलाई करीव १० हजार मतान्तरले विजय हासिल गरेका हुन् ।
प्रदेश नं. ५ का मुख्यमन्त्रीका रुपमा प्रस्तावित भएका पोख्रेलले २० हजार ७ सय ११ मत ल्याएर विजय भएका छन् भने उनका प्रतिद्धन्दी घिमिरेले ११ हजार १ सय ७८ मत ल्याएका छन् ।
दाङलाई प्रादेशिक राजधानी बनाउने उद्घोष गर्दै चुनावी मैदानमा होमीएका पोख्रेल ठूलो मतान्तरले विजय भएका छन् । यस सँगै दाङ प्रदेश नं. ५ को राजधानी बन्ने सम्भावना वढेको छ । उनी पूर्व सञ्चारमन्त्री पनि हुन भने उनलाई पार्टीभित्र बैचारिक कुसल राजनीतिज्ञको रुपमा चिनिन्छ ।
