धनगढी, २३ बझाङ । नेपाली कांग्रेसको बलियो प्रभाव भएको जिल्ला । तर यसपटक भने नेपाली कांग्रेसले आफ्नो अस्तित्व जोगाउन सकेन ।

prchand aनेपाली कांग्रेसभित्रको अन्तरविरोध र एमाले तथा माओवादीबीचको गठबन्धन हारको मुख्य कारण रहेको देखिन्छ । आज घोषणा भएको परिणाम अनुसार, प्रतिनिधिसभामा नेकपा एमालेका भैरबबहादुर सिंहले ३४ हजार ६ सय १२ मतले विजयी भएका छन्।

प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका अर्जुन थापाले १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भएका हुन्। प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट नेकपा माओवादी केन्द्रकी देवकी मल्ल थापाले १६ हजार ७ सय ४३ मत ल्याएर विजयी भएको घोषणा मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बास्तोलाले गरेका थिए। मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृत पूर्णप्रशाद बास्तोलाले विजयी भएका तीनै जना उमेदवारलाई प्रमाणपत्र प्रदान गरेका थिए।

त्यसो त नेपाली कांग्रेसले उल्लेख्य मत भने नल्याएको होइन । एमाले उम्मेदवार भैरबबहादुर सिंहका प्रतिद्वन्द्वी कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याएका छन्। यसैगरी प्रदेशसभा १ मा नेपाली कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत पाएकी थिइन ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका नरेशबहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याएर पराजए भएका हुन्।
बझाड जिल्लामा प्रतिनिधिसभाका लागि सातवटा राजनीतिक दलका ७ जना उमेदावर प्रतिष्पर्धामा थिए। प्रदेशसभा १ मा ६ वटा र प्रदेश सभा २ मा ४ दलका उमेदवारहरुले भाग लिएका थिए।

जिल्लामा पहिलोपटक छिरेको विबेकशील साझा पार्टीका मीनबहादुर सिंहले ३५५ र संघीय समाजवादी फोरमका भीमबहादुर थापाले ५ सय ३ मत पाएका थिए। यसैगरी देशभक्त जनगणतान्त्रीक मोर्चाका धरणीधर नाथले ३ सय ९ मत, नयाँशक्ती पार्टीका जोगीबहादुर कुवरले ४ सय ४३ मत र राष्ट्रिय जनमोर्चा पार्टीका कल्पना भण्डारीले ५१ मत पाएकी थिइन् ।

प्रदेश सभा निर्वाचन १ मा संघीय समाजवादी फोरमका राम बहादुर जाग्रीले २७३ मत, नयाँशक्ती पार्टीका डम्बरबहादुर रावलले १४७ मत पाएका छन्। यसैगरी देशभक्त जनगणतान्त्रीक मोर्चाका असोकबहादुर ओलीले ३३२ मत र विबेकशील साझा पार्टीका महोन सिंहले ३६२ मत पाएका थिए। यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नयाँ शक्तिका कलक रोकायाले ३ सय ६७ मत विवेकशील साझा पार्टीका रविन्द्र बहादुर बमले ४ सय ५ मत पाएका थिए। बझाड जिल्लामा १ लाख ४ हजार २ सय ७५ मतदाता रहेपनि ६६ हजार ८ सय २७ मत खसेको थियो। यस मध्य ३ हजार ५ सय मत बदर भएका थिए।