इन्द्रेणी संवाददाता
दाङ, २३ मंसिर । दाङको सबै निर्वाचन क्षेत्रमा सबै बाम गठबन्धनका उम्मेदवारहरु अगाडि छन् । अहिलेसम्मको मतपरिणाम अनुसार सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार भारी मतान्तरले लिड गरिरहेका छन् ।

mao-uml-ele-logoपछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा कृष्णबहादुर महरा १४ हजार ३ सय ४६ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी काग्रेसका राजस खनालले ८ हजार ४ सय ३४ मत ल्याएका छन् । त्यस्तै क्षेत्र नं. २ मा बाम गठबन्धनका मेटमणि चौधरी ६ हजार ५ सय ४० मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी काग्रेसकी उम्मेदवार सुशीला चौधरीले ४ हजार ४३ मत ल्याएकी छिन् ।

त्यस्तै प्रदेश सभामा क्षेत्र नं. २ (क) मा वाम गठबन्धनका उम्ेदवार शंकर पोख्रेल भारी मतान्तरले अगाडि छन् । उनले १९ हजार २ सय ७५ भोल ल्याएका छन् भने काग्रेसका कमलकिशोर घिमिरेले १० हजार ३ सय ५६ मत ल्याएका छन् । त्यस्तै क्षेत्र नं. २ (ख) मा वाम गठबन्धनका अमर डाँगी १४ हजार ३ सय ४६ मत रहेको छ भने उनका प्रतिद्धन्दी काग्रेसका भरत न्यौपानेले ७ हजार ८ सय १२ मत ल्याएका छन् ।

त्यस्तै क्षेत्र नं. १ –क) मा वाम गठबन्धनका इन्द्रजीत थारुले ६ हजार ३६ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी काग्रेसका उम्मेदवार प्रदीप थापाले ३ हजार ५ सय २१ मत ल्याएका छन् । त्यस्तै क्षेत्र नं. १ –ख) मा वाम का रेवतीरमण शर्माले ६ हजार ९ सय २८ मत ल्याएका छन् भने काग्रेसका जानकरीलाल वस्नेतले ४ हजार ५ सय ४४ मत ल्याएका छन् । मत गणन कार्य जारी रहेको छ ।