रुकुम, २३ मंसिर । मंसिर १० गते सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा भारी मतान्तरले विजयी भएका छन् ।
शर्मा ३४ हजार ४०२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६५९ मत ल्याए । रुकुमको प्रदेश (क) बाट पनि माओवादीका रातो कामी विजयी भइसकेका छन् । प्रदेश (ख) बाट पनि माओवादी केन्द्रकै गोपाल शर्मा १८ हजार ६६० मत ल्याएर विजयी भएका छन् ।











