इन्द्रेणी संवाददाता
दाङ, २२ मंसिर । दाङमा पनि मतगणन शुरु भएको छ । हिजो विहीबार मात्रै सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको चुनावको मतगणन आज विहान ८ बजेपछि मात्रै शुरु भएको हो ।
घोराहीस्थित पद्योदय पव्लिक उच्चमाविका शुरु भएको मनगणन क्षेत्र नं. २ बाट शुरु गरिएको बताइएको छ । अन्य दुई क्षेत्रको पनि गणन शुरु गर्ने तयारी भइरहेको छ । मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।