रुकुम, २२ मंसिर । मंसिर १० गते सम्पन्न प्रदेश र प्रतिनिधि सभाको चुनावमा पूर्व रुकुमको प्रदेश सभा ‘कु मा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन्। संयुक्त वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ओलीले नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार २ सय ८३ मतले पछि पार्दै जित हात पारेका हुन्।

Rukum_Purba-1विजयी ओलीले ५ हजार ४ सय २७ मत ल्याएका छन् भने उनका मुख्य प्रतिस्पर्धी रहेका कांग्रेसका उम्मेदवार पुनले २ हजार १ सय ४४ मत ल्याएका छन्। त्यस्तै ८ सय ५१ मत ल्याएर नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार राखिमान घर्ती तेस्रो स्थानमा रहेका छन् । भने ५९ मत ल्यएर राष्ट्रिय जनमोर्चा नेपालका उम्मेदवार अनराम पुन चौथो स्थानमा रहेका छन्। रुकुम पूर्वको प्रदेश सभा ‘कु बाट चार जना उम्मेदवारहरु चुनावी मैदानमा थिए।