इन्द्रेणी संवाददाता
काठमाडौं, २२ मंसिर । मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मत परिणाम सार्वजनिक हुन थालेको छ ।
अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुई जना विजयी भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका एक जना विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत प्राप्त गरे ।
त्यसैगरी मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन् । उनले २ हजार ३ सय मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत प्राप्त गरे ।
यसैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे । अहिलेसम्म जारी मत गणनामा अधिकांश स्थानमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । अहिलेसम्म एमालेले १६ स्थानमा र माओवादी केन्द्रले १३ र काग्रेसले ५ स्थानमा अग्रता लिइरहेको छ ।
