रोल्पा, २२ मंसिर । रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो अग्रता झण्डै दोब्बर मतले कायमै राखेका छन् ।
प्रतिनिधिसभाको लागि १ क्षेत्र रहेको रोल्पामा वाम गठबन्धनका तर्फबाट वर्षमान पुनले ५०५१ मत ल्याएर अग्रता लिएका छन् । कांग्रेसका तर्फबाट अमरसिंह पुनले २४९९ मत ल्याएका छन् । प्रदेशसभा ‘क’मा माओवादीका कुलप्रसाद केसीले १८९४ र कांग्रेसका शेरबहादुर महराले १४९७ मत ल्याएका छन् ।