इन्द्रेणी संवाददाता
उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार कृष्णबहादुर महराले आफ्ना मतदातालाई एक विज्ञप्ति जारी गरी धन्यवाद दिएका छन् । आज २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा आम मतदाताहरुको अत्यन्तै उत्साहजनक सहभागिता भएको भन्दै उनले चुनाव सम्पन्न गर्न आ – आफ्नो तह र तप्का बाट सहयोग गर्ने सम्पूर्ण लाइ उनले धन्यवाद दिएका हुन् ।

krishna-mahara_MCe90aMNQfचुनाव सम्पन्न भए लगतै विज्ञप्तिमा मार्फत महराले भनेका छन् ‘यस ऐतिहासिक प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उत्साहजनक रुपमा सहभागी भई मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछु । साथै दाङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा मलाई मतदान गर्नुहुने सम्पूर्ण मतदाताज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।’