काठमाडौं २१ मंसिर । नयां संविधान लागू भएपछि संघीय संसद र प्रादेशिक संसदका लागि भएको दवै चरणको निर्वाचन छिटपुट बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मंसिर २१ गते भएको निर्वाचनमा ६४ प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
गत स्थानीय चुनावको तुलनामा कम मतदान हुनुमा दशैं तिहार छठ जस्ता पर्व पछि धेरै जसो युवायुवती विदेशमा काम गर्न गएका कारणले पनि हुनसक्ने अनुमान गरिएको छ । गत महिनाहरुमा भएको स्थानिय चुनावमा झण्डै ७८ प्रतिशत मतदान भएको थियो । स्थानीय तहमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको थियो ।
