धनुषा, २१ मंसिर । प्रहरीले सिके रायतलार्इ पक्राउ गरेको छ । प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा मधेसमा राष्ट्र विखण्डन अभियान चलाइरहेका सिके राउतलाई पक्राउ गरेको छ ।
राउतलाई जनकपुरस्थित डेराबाटै बिहीबार बिहान पक्राउ गरी हिरासतमा लिइएको धनुषाका प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले बताए ।
त्यहाँको सुरक्षा व्यवटस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।
