सर्लाही, २१ मंसिर । सर्लाहीको करौना गाउँपालिका वडन नम्बर २ मा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ ।
काग्रेसले फर्जी मत हालेको आरोप राजपाका कार्यकर्ताले आरोप लगाएपछि झडपको स्थिती आएको जनाइएको छ । दुईपक्षबीच विवादमा भएको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । मतदानस्थलमा तनाव सिर्जना भएपनि मतदान स्थिगित भएको बताइएको छ ।
