दाङ, २१ मंसिर । दाङको एक मतदान केन्द्रमा आमाको किरिया वसेका पाँच जनाले मतदान गरेका छन् ।  घोराही उपमहानगरपालिका १ को जनता आधारभूत मतदान केन्द्रबाट ५ जना किरियापुत्रीले मतदान गरेका हुन् ।

innnसातदिन अघि ज्यान गुमाएकी हिमा पुनका छोराहरु तिलबहादुर पुन, जेरबहादुर पुन र मुक्ति पुन तथा बुहारीहर गोमा पुन र यमी पुनले मतदान गरेका हुन् । उनीहरुले आफूहरु अहिले दुःखमा परेपनि देशले दुःख नपाओस भन्ने मनसायले मताधिकारको पूयोग गरेको बताएका छन् ।