इन्द्रेणी संवाददाता

दाङ, २१ मंसिर । प्रदेश र प्रतिनिधि सभाको आज भइरहेको मतदानमा जिल्लामा केही ठाउँमा वम विष्फोट भएका छन् । मतदाता तर्साउनका लागि दाङका केही मतदान केन्द्र नजिकै वम विष्फोट गराइए पनि मानविय क्षती केही नभएको प्रहरीले जनाएको छ ।

5 copyदाङका तुलसीपुर नजिकै रहेको एक मतदान केन्द्रको नजिकै आज विहान ६ बजेतिर वम विष्फोट गराइएको थियो । त्यस्तै लमही नगरपालिकामा रहेको मतदान केन्द्र नजिकै पनि विहान वम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।

वम विष्फोट बनाए पनि मानवीय क्षति नभएको प्रहरीले बताएको छ । वम विष्फोटमा संलग्न भएको आंकामा विभिन्न जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नौ जनालाई नियन्त्रणमा समेत लिएको छ ।