भरतपुर, २१ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार प्रचण्डले मतदान गरेका छन् । परिवारका सदस्यहरुसहित बिहान सात बजे मतदानस्थल पुगेका प्रचण्डले शान्तिपुर आधारभूत प्राबि शिवनगरमा रहेको बुथमा पहिलो मतदान गरेका हुन ।

01-4-768x512मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यो निर्वाचन शान्ति प्रक्रियाको टुंगो लगाई देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने ऐतिहासिक क्षण भएको बताउँदै सबैमा उत्साहपूर्वक मतदान गर्न अपील गरे ।

‘समृद्धि र विकासको यात्रा सुरु भयो, राजनीतिक स्थायित्वको यात्रा सुरु भयो, सरकार ५ वर्ष नटिकेर विकास हुन नपाएको उल्लेख गर्दै उनले यस चुनावमा कुनै एक गठबन्धनको बहुमत आउने विश्वास व्यक्त गरे । ‘जसको भए पनि एउटा गठबन्धनको बहुमत आउनुपर्छ, यसपटक बामपन्थीको आउँछ,’ उनले भने ।

मुलुक संघीयताबाट पछि फर्कन नसक्ने बताउँदै दाहालले स्थायी सरकार दिन सके संघीयता कार्यान्वयन चुनौतिपूर्ण नभएको उल्लेख गरे । पार्टी एकता गर्ने संकल्पसहित वाम तालमेल भएको उल्लेख गर्दै उनले निर्वाचनपछि पार्टी एकता हुने विश्वास व्यक्त गरे ।