काठमाडौं, १८ मंसिर । बम विष्फोटमा परी घाइते भएका काग्रेस नेता गगन थापा डिस्चार्ज भएका छन् । शिक्षण अस्पतालमा उपचारपछि उनी खतरा मुक्त भएकाले डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।

inddनिर्वाचन प्रचार प्रसारका क्रममा काठमाडौंका बुढानीलकण्ठ –२ चपलीहाइटमा पुगेका वेला भएको बम प्रहारबाट उनी घाइते भएका थिए । डिस्चार्जपछि थापाले यस्ता घटनाबाट विचलित नहुन मतदाताहरुलाई आग्रह गरेका छन् । घटनामा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको शिक्षण अस्पतालले जनाएको छ ।