चितवन, १८ मंसिर । प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिदै गर्दा वैद्य माओवादी निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

maiost_chitwanकेन्द्रीय सदस्य शंकर सुवेदी, सुर्य बराल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका प्रचण्डको सम्पर्क कार्यालय शिवनगरमा आयोजित अनौपचारिक कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर सुवेदी, चितवन जिल्ला शाखा अध्यक्ष सुर्य बरालसहित डेढ दर्जन माओवादी केन्द्रमा प्रवेश गरेका हुन । सो क्रममा नेपाली कांग्रेसलगायतका पार्टीबाट थप तीनसय माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।