
१– दाङ निर्वाचन क्षेत्र नम्बर २ मा तपाइँको उम्मेदवारी किन ?
हो मैले यसपटक बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको छु । यो स्वभाविक पनि हो । हामीले समग्र रुपमा देशलाई हेर्नुपर्छ । राजनीतिक संक्रमणको अन्त्यसँगै देश समृद्धिको दिशामा अघि बढिरहेको छ । यस अन्तर्गत हामीले पश्चिम नेपालकै केन्द्रमा रहेको दाङलाई समृद्ध बनाउन गहन जिम्मेवारी लिनुपर्ने छ । अबको पाँच वर्षमा दाङलाई समृद्ध बनाउन मेरो उम्मेदवारी हो । यसका धेरै पक्षहरु छन् । दाङले सिंगो पश्चिम नेपाललाई नेतृत्व गर्न सक्छ । अहिले पनि दाङ पुरानो राप्ती अञ्चलको केन्द्रविन्दु हो । दाङलाई ५ नं. प्रदेश, ६ नं. प्रदेश र ७ नं. प्रदेशलाई लिड गर्ने गरी अगाडि बढाउनुपर्छ । त्यसैको लागि मेरो उम्मेदवारी यसपटक दाङबाट हो ।
२– अहिले तपाइँ चुवानी माहोलमा हुनुहसन्छ तपाईको पक्षमा मत आउने अवस्था कस्तो देख्नुभएको छ ?
स्वभाविक रुपमा हामीसँग दाङसहित प्रदेश नं. ५ लाई संमृद्ध बनाउने एजेण्डा छन् भिजन छ त्यसैले पनि हाम्रीलाई नै जनताले रोजछन् जस्तो लाग्छ । पहिले २०६४ सालमा पनि मलाई दंगाली जनताले मलाई नै रोजेका थिए अब पनि मलाई नै रोजछन् जस्तो लाग्छ । चुवानी माहोलमा रहदा हाम्रो पक्ष अथवा बाम गठबन्धनको पक्षमा वहुमत आउने पक्का छ । यो हामीलाई जनताले मन पराएका होइनन् हाम्रो भिजनलाई मन पराएका हुन् । हामीले भन्दै आएको संमृद्ध दाङ, प्रदेश नं. ५ को राजधानी दाङ हामीले बनाएरै छोडछौं । यसमा कुनै दुविधा छैन । म त के भन्न चाहान्छु भने अबको समय म दाङकै लागि वेथित गर्न चाहान्छु, दाङकै संमृद्धिका लागि खर्च गर्न चाहान्छु ।
३– चुनाव जितेपछि गाउँघरमा फर्केर आउनु हुदैन भन्ने आरोप छ नि ?
२०६४ सालको संविधान सभाको चुनाव जितेपछि म हराएका होइन यो सबैलाई थाहा छ । केन्द्र तथा राष्ट्रिय तथा अन्तर्राष्टिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने भएकाले उतै अलि बेस्त भएको हो । तै पनि सबैलाई थाहा छ म दाङ समय समयमा आएको र यहाँको विकास र संमृद्धिका लागि भूमिका निर्वाह गरेको । यो अवस्थाले यहाँका जनतासँग अलि भेटघाट भएको मात्रै हो । तर अब त्यो पातलो भेटघाट वाक्लीएर आएको छ आउने छ । किन भने म अब दाङकै लागि भनेर फेरि दाङमा आएको छु ।
४– तपाई अर्थमन्त्री हुँदा यहाँको लागि करोडौं बजेट विनियोजन भयो । तपाईले दाङको विकासमा कुन क्षेत्रलाई बढी प्राथमिकता दिनुभएको छ ?
मुख्य त म अर्थमन्त्री हुँदा दाङको सडक निर्माणमा धेरै बजेट विनियोजन भएको छ । मैले जिल्लामा विनियोजन गरेको बजेटको सही सदुपयोग भयो कि भएन भनेर अझै हेर्न बाँकी छ । दाङ जिल्लामा वार्षिक झण्डै १४र१५ करोड विनियोजन हुँदै आएको थियो । म अर्थमन्त्री हुँदा दाङमा दुई÷तीन अर्बनै बजेट विनियोजन भयो । यो उल्लेखनीय कुरा हो । म अर्थमन्त्री हुँदा घोराहीदेखि मुर्कुटी हुँदै प्यूठान जोड्ने सडक, दाङ–सुर्खेत सडक, सहिद मार्ग लगायतका ठूला योजनाका सडकमा बजेट विनियोजन भएको छ ।
तपाईले समृद्ध दाङको कुरालाई निकै जोडतोडका साथ उठाइरहनुभएको छ । समृद्ध दाङका आधारहरु के देख्नुभएको छ ? दाङ समृद्ध बनाउनको लागि तपाईहरुसँग के योजना छ ?
दाङ उपत्यका एशियाकै दोस्रो ठूलो उपत्यका हो । नेपालको सबैभन्दा ठूलो उपत्यका हो । भूगोलले हामीलाई निकै साथ दिएको छ । दोस्रो, कुरा वातावरणीय हिसाबले निकै राम्रो छ । यो विशुद्ध तराई होइन । यो पूरै पहाड पनि होइन । यहाँको समुदाय असाध्यै सहमतिपूर्ण तरिकाले अघि बढ्न सक्ने सम्भावना छ ।
तेस्रो, कुरा यहाँबाट पश्चिम नेपालका ६ नं र ७ नं प्रदेशका प्रमुख शहरहरु जोडिदैछन् । यहाँ अन्तर्राष्ट्रिय विमानस्थलको राम्रो सम्भावना रहेको छ । दाङ लुम्बिनीको बैकल्पिक बासस्थान बन्न सक्छ । लुम्बिनी सीमा क्षेत्रमा छ । त्यहाँ निकै गर्मी हुन्छ । त्यहाँबाट बस्नको लागि पर्यटकहरुलाई यहाँ ल्याउन सकिन्छ । यहाँ पनि केही पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ ।
यही बाटो भएर प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी जान सकिन्छ । जलजला, छायाक्षेत्र र कर्णालीको रारालाई दाङसँग जोड्न सकिन्छ । यी सबै क्षेत्रलाई हामीले जोडेर यसलाई केन्द्रविन्दु बनाउनु पर्छ । यसको आधारमा दाङ यस क्षेत्रकै आर्थिक हव बन्न सक्छ । दाङमा प्रशस्त कृषियोग्य जमिन छ । यहाँको जनसंख्याको ठूलो हिस्सा कृषि व्यवसायमा छ । हामीले सिचाइको उचित व्यवस्था गर्न सक्ने हो भने कृषि उत्पादनमा उल्लेख्य बढ्न जान्छ । यी कारणले समृद्ध दाङ सम्भव छ । पाँच नम्बर प्रदेशको राजधानी दाङ हुने सम्भावना बढेको छ । मैले त्यसका लागि मेरो तर्फबाट पहल गरिरहेको छु र आगामी दिनमा पनि पहल गर्नेछु ।
५– नेकपा एमालेसँग चुनावी गठबन्धनको मुख्य उद्देश्य के हो ?
हो अहिले हाम्रो पार्टीले एमालेसँग गठबन्धन गरेको छ । जस चुनावी गठबन्धन मात्रै होइन । यो गठबन्धनको लामो इतिहास छ । हामीले यसअघि पनि पार्टी एकतासम्मका प्रयास गरेका थियौं ती प्रयासहरु केही मतभेदका कारण पूरा हुन सकेका थिएनन् । तर अब यो चुनावी गठबन्धनसँगै पार्टी एकतासम्म जाने छ ।
किन भने सामाजिक, आर्थिक रुपान्तरणका सवालमा कम्युनिष्ट विचारधारामा आधारित वामपन्थी, प्रगतिशील शक्तिहरु नै अगाडि छन् । नेपाली कांग्रेस यस मानेमा अलि संकीर्ण छ । उपरम्परागत उत्पादन सम्बन्धमै चल्न चाहन्छ । आर्थिक उत्पादन र उत्पादक शक्तिहरुको सम्बन्धमा उ धेरै प्रगतिशील ढंगले सोच्न सक्दैन । उसको तुलनमा वामपन्थी, प्रगतिशील खास गरेर ठूला पार्टीका हैसियतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अगाडि छन् । यसकारण वामपन्थीहरुको एउटा एउटा स्थिर सरकार निर्माण आजको आवश्यकता हो । त्यसको निमित्त वामपन्थी गठबन्धन गरिएको छ ।
६– पार्टी एकताका आधारहरु के–के हुन् ?
विचारधारात्मक रुपमा हामीले समाजवादी क्रान्ति सम्पन्न गर्ने कुरा गरेका छौं । हाम्रा विचारमा केही भिन्नता छन् । हामीले बाँकी नेपाली समाजको रुपान्तरणको सम्भावनालाई कसरी सम्बोधन गर्ने ? भन्ने विषयमा अलिकति मतभिन्नता मात्रै हो । यी कुरा भए पनि हाम्रो साझा लक्ष्य भनेको समाजवादी क्रान्ति पूरा गर्ने नै हो । यसमा दुई दलबीच खासै धेरै अन्तर छैन ।
राजनीतिक रुपमा पनि समाजवादी क्रान्ति पूरा गर्नका निमित्त हामीले अहिलेको संविधानलाई ठीक ढंगले पूरा गर्ने, संविधानलाई ठीक ढंगले जनतालाई उपयोग गर्ने वातावरण तयार गर्ने र चुनावको माध्यमबाट आर्थिक उन्नति गर्दै जाने भन्ने विषयमा हामीहरुबीच त्यति धेरै अन्तरविरोध छैन । राजनीतिक, वैचारिक छलफल घनिभूत गरेर पार्टी एकता पनि सम्भव छ । पार्टी एकता एमाले र माओवादी विचको २०४८ सालदेखिको प्रयास हो ।
७– माओवादीका नेता तथा कार्यकर्ता र एमालेका नेता तथा कार्यकर्ता फरक–फरक पृष्ठभूमिबाट आएका एकता सम्भव देख्नुहुन्छ ?
देश र जनताको आवश्यकता नै प्रधान हो । एमाले वा माओवादी केन्द्रभित्र अब आफ्नो स्कूलिङबाट मात्र सीमित भएर हुँदैन । तपाईले हाम्रो पार्टीको इतिहास हेर्नुभयो भने हामी एक जमानामा मशाल थियौं । अर्को जमानामा एकता केन्द्र भयौं । अर्को चरणमा गएर माओवादी भयौं । त्यसपछि एकीकृत माओवादी भयौं । त्यसपछि माओवादी केन्द्र भयौं । हामी बदलिरहेका छौं । बदलिदै अघि बढ्नै नै हो ।
पार्टी एकताको प्रकृयामा माओवादी केन्द्र एमालेकरण वा एमाले माओवादीकरण हुने होइन । यो त सिंगो देश परिवर्तनको अनुभूति दिलाउन कम्युनिष्टकरण हुन हामी सबै माथि उठेर एकताबद्ध हुने कुरा हो । दुबै पक्ष रुपान्तरण हुने कुरा हो । मलाई लाग्छ चुनावसम्म आउदा पार्टी कार्यकर्तासम्म पनि केही फकर आइसकेको अवस्था छ । अब पाटी एकता आवश्यक छ हाम्रो उद्देश्य एउटै हो भन्ने कार्यकर्ताले बुझि सकेका छन् । यसमा एमाले र माओवादीका शिर्षनेताहरुले खुट्टा कमाउनु पर्ने अवस्था छैन । यदि पार्टी शिर्षनेताहरुले पार्टी एकताका लागि खुट्टा कमाए भने उनीहरु नै सिधिन्छन् । हामीहरु ५० औं वर्ष पछि थकेलिन्छौं । मलाई लाग्छ शिर्ष नेताहरुले पार्टी एकतामा खुट्टा कमाउने छैनन् ।
८– अन्त्यमा केही भन्नु छ कि ?
सर्वप्रथम त तपाइँको मिडियाबाट मेरा कुरा राख्न दिएकोमा धन्यवाद दिन चाहान्छु । र म के भन्न चाहान्छु भने दाङको संमृद्धि र यसलाईपश्चिम नेपालकै केन्द्र बनाउनका लागि दंगाली जनता नचुक्नुहोस् । अहिले बाम गठबन्धनको तर्फबाट हामी यहाँको संमृद्धिका लागि यहाँ आएका छौं । हामीले सयुक्त घोषणा पत्रमार्फत पनि जनतालाई प्रतिवद्धता जनाएका छौं कि दाङलाई प्रदेशको राजधानी र संमृद्धि तर्फ लैजाने कसैले रोक्न सक्दैन । त्यसका लागि जनताले मंसिर २१ गतेको निर्वाचनमा बाम गठबन्धका उम्मेदवारलाई अमुल्य भोट दिएर विजयी बनाउनुहोस् । हामी हाम्रा घोषणापत्र कार्यन्वयनमा प्रतिवद्ध छौं ।
