गोविन्द खड्का
घोराही, १७ मंसिर । सवार गाडिबाट खुत्रुक्क झर्नुभयो । उहाँलाई वडा अध्यक्ष शक्तिराम डाँगी र सिद्धार्थनगर टोलविकास संस्था घोराही १४ का अध्यक्ष जिविचिन्तन लगाएतले हातमा झाडु थमाइदिनुभयो । मुसुक्कै मुस्कुराएर उपप्रधानमन्त्री कुष्णबहादुर महराले सडक बढार्न थाल्नुभयो । चुनावी अभियानमा शनिवार विहान घोराही बजार निश्केका महराले औधि खुशि हुदै धेरै टोलमा बढार्ने काम गर्नुभयो ।

24580942_1638217709574895_1494440820_nकेहीवेर झडुलगाएपछि हात जोडेर मतदाता समक्ष छोटो मन्तव्य मार्फत भोट माग्नुभयो । क्षेत्र नम्वर दुई प्रतिनिधि सभामा हसिया हथौडा छाप लगाई आफुलाई र प्रदेश सभामा शुर्यमा मतदान गरी शंकर पोख्रेललाई जिताउन आग्रह गर्नुभयो । पश्चिम नेपालको समृद्धिको केन्द्र र परादेशि राजधानी बनाउने ईच्छा जाहेर गर्नुभयो । त्यसका लागि चुनाव जिताउन आग्रह गर्नुृभयो । लगतै स्वर्गद्धारी टोलविकास संस्थामा पुग्नुभयोे । त्यहाँ टोलविकास संस्थाका अध्यक्ष भिमबहादुर बुढा लगाएत झाडु र कुचो सहित उपस्थित हुनुहुन्थ्यो ।

शुरुमा महरा झाडु लगाउन ईच्छुक देखिनुभयो । बढारकुडार पछि मात्रै टोलले स्वागत गरेका हजारीका माला पहिरीनुभयो । टोलका रविन केसी, डा लोकराज पराजुली लगाएतले लालकिल्ला बनाउने भन्दै निकै मेहनत गर्नुभएको थियो । सडक बढार्ने र पानी छ्यापेर धुलो उड्न नदिने सफा बनाईदै थियो । लगतै महरा सगरमाथा टोल पुग्नुभयो । त्यहाँ पनि टोल अध्यक्ष लालबहादुर बुढा सहितको टोली पर्खिएको थियो । उपस्थित टोलवासी संग मुखामुख र आपसी आदर सत्कार भयो । छोटो भलाकुसारी पनि चल्यो । मन्त्रि महराले नजिकै रहेको जनचेतना टोलमा पुगेर अध्यक्ष कमलबुढा सहितको टिम संग फेरी झाडु लाउने काम गर्नुभयो । त्यसैगरी राप्ती टोलका लुमबहादुर कुवर सहितका टोलवासी संग सफाइमा सहभागि हुनुभयो । केहि बेर थकाई मार्न र नेपाल पत्रकार महासंका सचिव उदय जिएम, दाङ शाखा पुर्व अध्यक्ष केयल पिडित, अडिटर थमन अधिकारी लगाएतको ठुलै जमात संग मेवाड आईसक्रिममा चियापानी र फोटो सेसन गरीयो ।

चुनावी अभियानका वामगठबन्धन नेता हेमराज शर्मा डाईमण्डको अगुवाईमा हिडेको टोलिले नवप्रतिभा, न्युसिर्जनशिल, चाउको लगाएतका टोलमा घरदैलो गर्न भ्यायो । उम्मेद्धार महरालाई शिवमन्दिर टोलमा अध्यक्ष शोभा श्रेष्ठ लगाएटको टिमले फुलमालाले स्वागत ग¥यो । छोटो र अनौपचारीक ढंगले गरिएको कार्यक्रमवाट मन्त्रि महरा अत्याधिक खुशि देखिनुहुन्थ्यो । उहाँले छोटो समयमा धेरै जना संग भेटघाट गर्न सकिने अत्यन्तै उपलब्धिमुलक कार्यक्रम भनि टिप्पनी गर्नुभयो ।

भलाद्मी बनेर भाषण गर्न पुग्ने भन्दा झाडु समातेर सडक बढार्ने कार्यक्रम प्रभावकारी रहेको महराको प्रतिकृया थियोे । त्यसो गर्दा उपस्थिति सवैलाई नमस्कार गर्न र उनिहरुको स्विकार्न सकिने वातावरण थियो । वाईसीएलका सरोज खड्का लगाएतको आन्तरीक सुरक्षा पनि थियो । दाङ उद्योगवाणिज्य संघका अध्यक्ष नारायण भुषाल लगाएतको व्यवसायी संग समन्वय र व्यवस्थापनको जिम्मेवारी थियो ।