तुलसीपुर, १५ मंसिर । ज्ञानदीप कलेज तुलसीपुर अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा गठन भएको स्टुडेन्ट क्वालिटी सर्कलले कलेजका विद्यार्थीहरु विचमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

24273083_10209909828332702_1818369153_nकलेजको प्राङ्गणमा गरिएको प्रतियोगितामा कक्षा ११ विज्ञान संकायका महेश खड्का, सुन्दर गिरी, जीवन चौधरी प्रथम भएका थिए । प्रतियोगितामा विविएस दोश्रो वर्षका विष्णु चौधरी, दिलिप चौधरी, दिनेश डाँगीको द्धितिय र विविएस तेश्रो वर्षका महेन्द्र चौधरी, नन्दलाल वोहरा र नविना चौधरीको समुह तृतिय भएको थियो ।
कलेज प्रमुख सुरेन्द्र जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिसीले विद्यार्थीहरुले अध्ययनसँगै वाहिरी ज्ञानमा पनि ध्यान दिनुपर्ने वताएका थिए ।

हेमन्तप्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी सुवास सुवेदीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सर्कलका सचिव तेजकुमार डाँगीले गरेका थिए ।