इन्द्रेणी संवाददाता
दाङ, १४ मंसिर । मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाको चुनावलाई केन्द्रित गर्दै जिल्ला प्रशासन कार्यालय दाङले आजदेखि चुनाव नसकिदासम्मका लागि मदिरा विक्री वितरणमा रोक लगाएको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै आजदेखि ६ दिनका लागि मदिरा विक्री वितरणमा रोक लगाएको हो । निर्वाचनको शान्ति सुरक्षालाई मध्येनजर गर्दै चुनाव सम्पन्न नहुँदासम्मका लागि मदिरा विक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । सो समयमा मदिरा विक्री वितरण र मदिरा खाएर जोकसैले होहल्ला गरेको पाइएमा कानुन वमोजिम कारवाही हुने समेत प्रशासनले जनाएको छ ।











