इन्द्रेणी संवाददाता
दाङ, १३ मंसिर । केही समय पहिला केही सञ्चारमाध्यमहरुमा कृष्णाबहादुर महरा र वर्षमान पुन ‘अनन्त’ विच सम्बन्ध राम्रो नभएको हल्ला फिजियो । केही मिडियाले त एकले अर्कालाई चुनावमा हराउने दाउमा रहेको समेत हल्ला फिजाए ।

mahara punतर रोल्पाबाट उम्मेदवार रहेका अनन्त आफ्नो क्षेत्रमा चु्नाव सकिन वित्तिकै महरालाई सघाउन दाङ झरेका छन् । केही दिनदेखि अनन्त दाङका विभिन्न ठाउँमा महराको चुनावी सभामा सहभागी हुदै उनको पक्षमा भोट मागिरहेका छन् ।

महरा र आफूबीच राम्रो सम्बन्ध नभएको मिडियाहरुमा आएलगतै अनन्तले प्रतिकार पनि गरेका थिए । महरा आफ्नो राजनैतिक र शैक्षिक गुरु भएको र उहाँ र आफूबीच कुनै नराम्रो सम्बन्ध नभएको । पुनको यो सहयोगले पनि पुष्टि गरेको छ महरा र पुनबीच गाडा सम्बन्ध रहेछ भन्ने कुरा ।

अहिले पुन मंसिर २१ गते दाङलगायत ५४ जिल्लामा हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाका लागि महराको पक्षमा भोट माग्दै दाङकै घरदैलोमा छन् । महरा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार हुन् ।