इन्द्रेणी संवाददाता
दाङ, १३ मंसिर । विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमण भएपछि सुरक्षा चुनौती थपिएको भन्दै दाङमा उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराको सुरक्षार्थ अब वाइसीएल पनि परिचालन गरिएको छ ।

24171977_1633962983333701_1533011770_n

उपप्रधानमन्त्री महरा र वाइसीएल जिल्ला इञ्चार्ज शरद खड्का

वाइसीएल दाङ जिल्ला इञ्चार्ज शरद खड्काको नेतृत्वमा महराको सुरक्षार्थ करीव दुई दर्जन वाइसीएल परिचालन गरिएको हो । हिजो मात्रै तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी सभालाई लक्षित गर्दै बम विष्फोट भएको थियो । सो घटानामा परी एक जनाको ज्यान समेत भएको छ भने सात जना घाइते भएका थिए ।
यी र यस्ता सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री महराको सुरक्षामा वाइसीएल परिचालन गरिएको वाइसीएल दाङले जनाएको छ ।