चितवन, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । लु २ ख २९१ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जादैँ गरेको रड बोकेको ना ६ ख ४९७२ नम्बरको ट्रक आपसमा ठोक्किदा बस त्रिशुलीमा खसेको हो ।

फोटो : फाइल
बस ५० मिटर तल खसेको छ। इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट बुधबार बिहान सवा नौ बजे त्रिशूली नदीमा खसेको हो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।











